माछापुच्छ्रे गाउँपालिकाको बजेट ६५ करोड ६५ लाख (पुर्णपाठ)
पाेखरा | असार ११, २०८१
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि साढे ६५ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षका लागि ६५ करोड ६५ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधारतर्फ १४ करोड ७७ लाख ६० हजार रुपैयाँ विनियोेजन गरेको छ । भौतिक पूर्वाधारतर्फ गाउँपालिकाले सडक र भवन निर्माणलाई बढी बजेट विनियोजन गरेको देखिन्छ ।
स्वास्थ्यतर्फ बाह्रै महिना औषधि खरिद, जेष्ठ नागरिकका लागि निशुल्क औषधी वितरण, विद्यालय नर्स कार्यक्रम, पाठेघरको मुखको क्यान्सर रोगको परिक्षण तथा उपचारका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।
शिक्षातर्फ गाउँपालिकाले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि, करार शिक्षक छनोट तथा शिक्षकलाई आवश्यक तालिम मातृभाषा शिक्षक अनुदानलाई बजेटमा समेटेको छ ।
शिक्षा, युवा तथा खेलकुदमा १९ करोड ५४ लाख ७१ हजार, स्वास्थ्यतर्फ ४ करोड ८१ लाख ५८ हजार ५ सय, कृषि तथा पशुपंक्षी विकासतर्फ ३६ लाख २० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ ५८ लाख ९० हजार रुपैयाँ विनियोजन भएको छ ।
(पुर्णपाठ)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

